छुरा प्रहार प्रकरण: अनेरास्ववियूले निकाल्यो विज्ञप्ति

हेटौडा न्युज
१४ चैत्र २०७८, सोमबार ०८:०५
;

मकवानपुर । नेकपा (एस)निकट अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस कमिटीले अनिशा राईलाई छुरा प्रहार गर्नेलाई युवकलाई पक्राउ गर्न प्रशासनसँग अपिल गर्दै विज्ञप्ति जारी गरेको छ ।

शुक्रबार साँझ हेटौंडा–८, कमानेस्थित स्मृति टोलमा अनिशालाई छुरा प्रहार गरेर हेटौंडा–५ का २९ वर्षीय सिर्जन यादव फरार भएका थिए । आइतबार क्याम्पस कमिटीका संयोजक विश्वास पराजुलीले मकवानपुर बहुमखी क्याम्पसमा एम.एडमा अध्यनरत छात्रा अनिशाको दोषिलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा सजायको जोडदार माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।

अनिशाको घाँटीको पछाडि भागमा चोट लागेको र काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*