काङ्ग्रेसका केन्द्रीय सदस्य आगामी स्थानीय निर्वाचनमा चुनावी गठबन्धनको पक्षमा

हेटौडा न्युज
१३ चैत्र २०७८, आईतवार १७:३३
;

मकवानपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आगामी स्थानीय निर्वाचनमा चुनावी गठबन्धनको पक्षमा उभिएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले आवश्यकता आधारमा गठबन्धन गरेर जानुपर्ने बताएका हुन् । पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकमा पनि नेताहरुले आवश्यताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताए ।

गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय भएको भन्दै सबै केन्द्रिय सदस्यहरुले आफ्नो धारणा व्यक्त गरेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्ने काङ्ग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*