विष्णु पौडेलसहित एमालेका ४ नेता चीन प्रस्थान

हेटौडा न्युज
७ चैत्र २०७८, सोमबार ०९:२९
;

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित ४ नेता चीन प्रस्थान गरेका छन् ।

पौडेलको नेत्रित्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् ।

उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनीहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*