भोलि सोमवार एमाले पोलिट्ब्यूरो कमिटीको बैठक

हेटौडा न्युज
६ चैत्र २०७८, आईतवार १७:३७
;

मकवानपुर । नेकपा एमालेले भोलि सोमवारका लागि पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक बोलाएको छ ।

सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए ।

पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् । त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक ९ र १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*