कम्युनिष्ट नेताहरु भ्रमको खेती गर्न खप्पीस छन्: नेता सिंह

मकवानपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनतासामु भम्र फैलाउन माहिर रहेको बताएका छन् ।
चुनावी अभियान अन्तर्गत आज बिहान काठमाडौं क्षेत्र नं. १ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको आरोप लगाए ।
एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाएको भन्दै उनले उक्त कुरा बताएका हुन् । चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्ने उनले बताए ।