अदालतले बनाइदिएको गठबन्धलाई जनताको आँगनमा पछार्नुपर्छ: ओली

हेटौडा न्युज
५ चैत्र २०७८, शनिबार १०:४४
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताए । ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने दाबी गरे ।

काङ्ग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*