विप्लव समुह कर्णालीका नेताहरूले ओलीलाई भेटे, पार्टी प्रवेश गराउन ओली जुम्ला जाने

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली समितिका नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
सोमवार बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् ।
उक्त समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ । पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैं जुम्ला जाने भएका छन् ।