सर्वोच्च अदालतमा गोरु ब्यायो पाँचवटा बाच्छा पाए: ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना राजनीतिज्ञ स्वर्गी राजेश्वर देवकोटाको भनाई स्मरण गर्दै सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए ।