प्रतिनिधि सभाको बैठक आज बस्दै

हेटौडा न्युज
२२ फाल्गुन २०७८, आईतवार १०:४२
;

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ । बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

कार्य व्यवस्थाको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने भएकाले सम्भावित कार्यसूची संशोधन पनि हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*