एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन हुनुपर्छ: ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढङ्गले अलग राखिएको बताए । अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने एमाले अध्यक्ष ओलीले बताए । ओलीले गठबन्धन सरकार विघटन गरेर जनादेशअनुसार अघि बढ्नुपर्ने बताए ।