सभामुखको राजीनामा पर्खिरहेका छौं: ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।
सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने भन्दै उनले सभामुखको राजीनामा पर्खिरहेको बताए । उनले सभामुख अग्नीप्रसाद सापकोटालाई ससम्मान बर्हिगमित सुझाव समेत दिए ।
एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।