एमसीसीमा एमालेलाई जोडेर अनावश्यक हल्ला चलाइयो: ओली

मकवानपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको दावी गरेका छन् ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेको र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अङ्ग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे ।
ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताए । ओलीले एमसीसीलाई स्वस्थ ढङ्गले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत आरोप लगाए ।