गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

मकवानपुर । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।
जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । साथै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो ।
राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभा गर्ने जनाएको छ ।