एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

हेटौडा न्युज
१५ फाल्गुन २०७८, आईतवार १०:५२
;

मकवानपुर । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*