एमसीसीबारे माओवादी नेताहरु छलफलमा

मकवानपुर । नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका छन् ।
संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा कार्यालयको विस्तारित बैठक बसिरहेको र एमसीसी लगायत समसामयिक राजनीतिको विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ । संसदमा आजदेखि एमसीसीबारे छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।