काङ्ग्रेस र एमालेको वार्ता निश्कर्षबिहीन

मकवानपुर । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । बैठकमा सहभागी काङ्ग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।