काङ्ग्रेससँग एमालेले छलफल अगाडि बढाएपछि प्रचण्ड र माधव अत्ताल्लिए: ओली

हेटौडा न्युज
१४ फाल्गुन २०७८, शनिबार १८:१२
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेससँग आफूहरुले छलफल अगाडि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अत्ताल्लिएको बताएका छन् ।

एमालेसँग छलफल अघि बढेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्ने वचन दिएको आफूले जानकारी पाएको ओलीले बताए ।

शनिबार काठमाडौंमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि प्रचण्ड र नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दावी समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*