निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई बादलको निर्देशन

हेटौडा न्युज
१४ फाल्गुन २०७८, शनिबार १७:३०
;

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गरे ।

बादलले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रियावादी र अवसरवादीको संज्ञा दिए । एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*