नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरुबीच बालकोटमा वार्ता सुरु

हेटौडा न्युज
१४ फाल्गुन २०७८, शनिबार १७:२०
;

मकवानपुर । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु अहिले छलफलमा जुटेका हुन् ।

काङ्ग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र ञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*