एमसीसीबारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै

मकवानपुर । एमसीसी परियोजनाबारे छलफलका लागि आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।
बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो । तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो ।