प्रदर्शन अनुगमन गर्न मानव अधिकार आयोगको टोली नयाँबानेश्वरमा

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार १३:१७
;

मकवानपुर । एमसीसीविरुद्ध भइरहेको प्रदर्शन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली नयाँबानेश्वर क्षेत्रमा खटिएको छ ।

मानव अधिकार आयोग अन्तर्राष्ट्रिय सन्धि महाशाखाका सदस्यहरु अनुगमनमा खटिएका हुन् । संसद भवन परिसरमा भेटिएका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले सडक आन्दोलनको पनि अनुगमन भैरहेको बताए ।

आज संसद बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी छ । आज पनि नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा एमसीसीविरुद्ध आन्दोलन गर्दै आएकाहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*