नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

मकवानपुर । एमसीसी परियोजनामा आज संसदमा छलफलका हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्याङ्कन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ ।
पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ । बुधबारै संसद भवनको वरिपरी पनि काँडेतार लगाइएको थियो । संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।