एमसीसीलाई आजदेखि छलफलमा लगिने

मकवानपुर । प्रतिनिधिसभामा टेबल गरिएको एमसीसीलाई आजदेखि छलफलमा लगिने भएको छ ।
आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।
दलहरुबीच एमसीसीका बारेमा साझा धारण बनाउने प्रयास भइरहेको छ । तर सत्तारुढ दलबीच नै यसबारे मत बाझिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ । भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ ।