एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए ।
प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।