संसदमा टेबल भएको एमसीसीलाई छलफलमा लगिने

हेटौडा न्युज
११ फाल्गुन २०७८, बुधबार १७:०१
;

मकवानपुर । संसदमा टेबल भएको एमसीसीलाई छलफलमा लगिने भएको छ ।

भोलिको बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् । ८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो ।

अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*