संसदमा एमसीसी टेबल गर्न गठबन्धनमा सहमति

मकवानपुर । संसद बैठकमा एमसीसी टेबल गर्न सत्तारुढ गठबन्धनमा सहमति भएको छ ।
आज बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।