भोलिको संसद बैठकमा एमसीसी टेबल हुने कानूनमन्त्रीको संकेत

हेटौडा न्युज
३ फाल्गुन २०७८, मंगलवार ११:२९
;

मकवानपुर । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् ।

कांग्रेस संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले भोलिको सदनमा एमसीसी पेस हुन सक्ने बताए । मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे काङ्ग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको एमसीसीको विषयमा आवश्यक निर्णय लिन काङ्ग्रेस संसदीय दलको बैठक जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*