१४ सांसदको मुद्दामा आज पेसी

मकवानपुर । एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ ।
एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको थियो ।
उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ पेसीमा चढेको हो ।