एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्छ: प्रवक्ता महत

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार १५:२५
;

मकवानपुर । नेपाली काङ्ग्रेसका प्रवक्ता डाकटर प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले संसदमा दर्ता भएको प्रस्ताव संसद बैठकमा पेश गर्नु सभामुखको दायित्व हुने बताए । प्रवक्ता महतले पछिल्लो एक वर्षमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई गिजोल्ने काम भएको टिप्पणी गरे ।

एमसीसीबारेका भ्रमहरू एमसीसीले नै प्रष्ट पारिसकेको भन्दै महतले देश अनुसार अलग अलग नीति बनाउनु नेपालकै लागि घातक हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*