कमल थापाको नयाँ पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार १३:४६
;

मकवानपुर । नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेपछि नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ पुगेका थापाले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् । राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी आफैंमा आपत्तिजनक नभएको भन्दै यसबारेमा उठेको आशङ्का र प्रश्नहरुको हल गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको पनि पत्रकारहरुसँग बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*