महाधिवेशनस्थलमा माओवादीको स्थायी समिति बैठक सुरू

मकवानपुुर । महाधिवेशनस्थल प्रज्ञा भवनमा नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरू भएको छ ।
अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।
क्लस्टरअनुसार केन्द्रीय सदस्य संख्या टुंग्याउन गठित कार्यदलले बुझाउने प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ ।