बागमती प्रदेशमा १८ जनाको जम्बो मन्त्रिमण्डल

हेटौडा न्युज
९ पुष २०७८, शुक्रबार १७:५०
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले नेपाली काङ्ग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् । दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् ।

सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*