बागमती प्रदेशमा मन्त्रालय टुक्रियो, अब १४ मन्त्रालय

मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्र्याउँदै १४ मन्त्रालय पुर्याएको छ । मंसिर १५ गतेको मन्त्री परिषदको निर्णयानुसार मन्त्रालय थप गरि राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । प्रदेश नियमावली २०७४ को ७ अनुसार कार्य विभाजन तथा हेरफेर गरिएको हो ।
प्रदेश सरकारले हालको मन्त्रालयबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, यूवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय गरी ६ वटा मन्त्रालय थप गरेको छ ।
मुख्यमन्त्री पाण्डेको नेतृत्वको सरकारलाई गठबन्धन भित्रका दलहरुलाई सरकारमा समावेश गराउनकै लागि मन्त्रालय थप गरिएको हो । प्रदेशमा १ वटा मन्त्रालय थपिदा तत्कालै २ करोड २७ लाखभन्दा बढी व्ययभार थपिने भएकोछ । मुख्यमन्त्री पाण्डेले केही दिन अघि हालको ८ मन्त्रालय सञ्चालन घाटामा रहेको अभिव्यक्ति दिएका थिए ।