पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन रक्सी नखानुस्

हेटौडा न्युज
२७ कार्तिक २०७८, शनिबार १३:४०
;

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताए ।

पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको अध्यक्ष नेपालले बताए ।

पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनले बताए । आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*