अर्काको बैशाखी टेकेर काङ्ग्रेस धरापमा पर्यो- नेता पौडेल

मकवानपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुको बैशाखी टेकेर काङ्ग्रेस धरापमा परेको बताएका छन् ।
नेपाली काङ्ग्रेस मकवानपुरद्वारा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेसले अर्काको बैशाखी टेकेर सरकार बनाएको तर्क गरे । उनले अबको निर्वाचनामा काङ्ग्रेसले बहुमत ल्याएर सरकार बनाउनुपर्ने बताए । अरुको बैशाखी टेक्दा काङ्ग्रेस धरापमा परेको नेता पौडेलले आरोप लगाए ।
उनले पार्टी सभापती एवम् प्रधानमन्त्री शेर शहादुर देउवालाई लक्षित गर्दे थोरै मान्छे लिएर पार्टी कब्जा गर्ने परिपाटीका कारण काङ्ग्रेस कमजोर हुँदै गएको बताए ।