आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस

मकवानपुर । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो । स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ ।
स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन । त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।