तत्काल एमसीसी पास हुदैँन: परराष्ट्रमन्त्री खड्का

मकवानपुर । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अहिले अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन हुन नसक्ने बताएका छन् ।
शनिबार बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताए ।
पत्रकार भेटघाटमा मन्त्री खड्काले अर्ली इलेक्सनको सम्भावना समेत नरहेको बताए । सत्तारुढ गठबन्धनको सहमतीपछि मात्र अर्ली इलेक्सनबारे टुङ्गो लाग्ने उनले बताए ।