आज शनिबार देशभर एमालेको वडा अधिवेशन

मकवानपुर । नेकपा (एमाले)ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ ।
आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् ।
इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन ।