अर्ली इलेक्सनको विषयमा गठबन्धनमा छलफल हुन्छ: प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनको विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।
कैलालीको धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दे प्रधानमन्त्री देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् ।
पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’