बकैयामा २ सय ५८ जना एमालेमा प्रवेश

मकवानपुर । बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै २ सय ५८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिवार बकैया–६ को गौतम बुद्ध पर्यटन पार्कमा एमाले निकट राष्ट्रिय युवा संघ,बकैया कमिटीको गाउँपालिका स्तरीय भेलामा विभिन्न स्वतन्त्र व्यक्ति र विभिन्न पार्टी परित्याग गर्दै २ सय ५८ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे,एमाले प्रदेश सदस्यहरु कृष्णप्रसाद दाहाल,रामचन्द्र राई,कमल विष्ट,पद्मा पौडेल,जय बहादुर वाईवा,एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल,सचिवालय सदस्य दलबहादुर वाईवा लगाएतले स्वागत गरेका हुन् ।