नेकपा एकीकृत समाजवादीको ११ सदस्यीय केन्द्रीय सचिवालय गठन

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १२:१४
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू रहेको सचिवालय संरचना रहने विधान पारित गरेलगत्तै नेकपा एसले पनि सोही संरचनाको अभ्यास थालेको छ ।

स्थायी कमिटीको विहीबार रातिसम्म बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय र महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।नेकपा एसको तर्फबाट तत्काल कुनै निर्णय लिने जिम्मेवारी अब सचिवालयले पाएको छ ।

सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मुकुन्द न्यौपाने छन् । त्यस्तै उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई सचिवालयमा समेटिएका छन् । यीबाहेक महासचिव बेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर केन्द्रीय सचिवालयमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*