संस्कृति र परमपरा सबैको साझा पर्व हो: मुख्यमन्त्री शाक्य

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संस्कृति र परमपरा सबैको साझा पर्व रहेको बताएकी छिन् ।
नेकपा एमाले मकवानपुरको आयोजनामा बिजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा शुभकामना तथा चियापान कार्यक्रममा बोल्दे मुख्यमन्त्री शाक्यले आउँदै गरेका चाडपर्व राष्ट्रिय पर्व रहेको बताईन् । संस्कृतिका धरोहरहरुलाई बलियो बनाउनुपर्ने उनको भनाई थियो ।