प्रतिनिधि सभाको बैठक आज बस्दै, निजामती विधेयक फिर्ता लिने प्रस्ताव पेश हुने

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १०:५०
;

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ । त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ ।

अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ । सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म विरोध जारी रहने एमालेका एक नेताले बताए ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*