सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै

हेटौडा न्युज
२१ आश्विन २०७८, बिहीबार १४:०८
;

मकवानपुर । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४÷४ मन्त्रालय लिने सहमति भएको थियो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक÷एक राज्यमन्त्री पनि पाउनेछ । माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार शीर्ष नेताहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम दिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*