राष्ट्रियसभाको बैठक एकदिन पर सारियो

मकवानपुर । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ ।
संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । विहीवार एक सुचना जारी गर्दे संघीय संसदका महासचिव डा.भरतराज गौतमले असोज १८ गते सोमबार बिहान ११ः०० बजे बस्ने जानकारी दिए ।