हेटौंडा आएर माधव नेपालको गर्जन: केपी ओलीको एमालेलाई धुलो चटाउँछौ

हेटौडा न्युज
९ आश्विन २०७८, शनिबार १६:१९
;

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले केपी ओली समुहलाई धुलो चटाउने टाबी गरेका छन् ।

हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो चुनावको नतिजाले केपीओली र एमालेलाई आफ्नो पार्टीले धुलो चटाउने दाबी गरेका हुन् ।

उनले ओलीले पार्टीमा पार्टी विपरित विभिन्न एकल निर्णय गरेको कारण पार्टी फुट भएको बताए । उनले आफ्नो पार्टी समाजवादी नेपाल कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । उनले एकीकृत समाजवादीका विरोधीहरुले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*