काङ्ग्रेसका नेता डाक्टर नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

हेटौडा न्युज
६ आश्विन २०७८, बुधबार १०:४५
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कङ्ग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डाक्टर खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*