एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे

मकवानपुर । नेकपा एकीकृत समाजवादी(एस) को बागमती संसदीय दलको नेतमा राजेन्द्र पाण्डे चयन भएका छन् ।
आज बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
एमालेबाट फुटेर बनेको नयाँ दल एकीकृत समाजवादीमा बागमती प्रदेश सभाका १३ जना सदस्यहरु रहेका छन् ।