१५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभाको बैठक स्थगित

मकवानपुर । प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेट पछि बस्नेगरी स्थगित भएको छ ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको जानकारि दिए ।