नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु

मकवानपुर । नेकपा एमालेको विधान महाधिवेशन केन्द्रित स्थायी कमिटी बैठक शुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना भएको बैठकमा सहभागी हुन नेताहरु विहान ९ बजे नै पुगेका थिए ।
शुक्रवार निर्धारित बैठक संसदको कारवाहीका कारण आजलाई सरेको थियो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ ।